वेगनास सिंचाई प्रणाली शाखा नं २ को साधारणसभा तथा अधिवेशन सम्पन्न

पाेखरा | मंसिर १३, २०८२

वेगनास सिंचाई प्रणाली शाखा नं २ को साधारणसभा तथा अधिवेशन सम्पन्न

पोखरा: वेगनास सिंचाइ प्रणाली शाखा नं २ ले आफ्नो वार्षिक साधारण सभा तथा अधिवेशन बिहिबार एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
    

साधारणसभामा भैरहेको सिंचाईको अवस्था लगायतका विषयमा छलफलसँगै शाखाको नयाँ नेतृत्व चयन गरेको छ ।
    

कार्यक्रममा प्रमुख अतिथि एवम् बेगनास सिंचाई प्रणाली मूल उपभोक्ता समितिका उपाध्यक्ष राजु खत्रीले शाखाले आफ्नो कार्यक्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुुभयो । फोहोर व्यवस्थापन, पानीको उचित उपयोग र सिंचाई प्रणालीलाई प्रविधिमैत्री ढंगले अगाडि बढाउन उहाँले सुझाव दिनुभयो ।
    

शाखाका अध्यक्ष एवम् कार्यक्रमका सभापति विष्णुवहादुर बस्नेतले  सिंचाई प्रणाली कृषि विकासको मेरुदण्ड भएको बताउँदै कृषकहरूलाई बाढी, पहिरो, भूक्षय तथा माटो कटान जस्ता जोखिम व्यवस्थापनमा सक्रिय हुन आग्रह गर्नुभया्े ।
    

कृषि वालीको संरक्षण र उत्पादन वृद्धिका लागि सिंचाईलाई व्यवस्थित बनाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।
    

संस्थाका कोषाध्यक्ष शिवबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सचिव विश्वराज लामिछानेले आगामी योजना र कार्यक्रमबारे जानकारी गराउँदै सिंचाई सुविधालाई विस्तार गर्दै स्थानीय जलस्रोतको संरक्षण र कृषक प्रशिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
    

कार्यक्रममा शाखाका पूर्व अध्यक्ष घनश्याम खनाल, सल्लाहकार गणेशबहादुर खत्री, लेखनाथ उद्योग बाणिज्य संघका सल्लाहकार सदस्य भरत थापा, समाजसेवी खेमराज अधिकारी, किसान परियार र शरणकुमार प्रधान लगायतले कृषि आधुनिकीकरणको आधार स्तम्भ नै सिंचाई भएको बताउनुभयो । नयाँ नेतृत्वलाई बहुउद्देश्यीय योजनाका साथ अगाडि बढ्न सुझाव दिँदै उहाँहरूले कृषकको हितलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।    
    

अधिवेशनले शिवबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज लामिछाने,  सचिवमा मोहनबहादुर थापा र कोषाध्यक्ष कृतिराज खनाल रहनुभएको छ । त्यस्तै सदस्यहरूमा राजु खत्री, बलराम केसी, रामबहादुर खत्री, सम्मरबहादुर खत्री, पद्ममा बास्तोला, लालमाया थापा र झलक थापा निर्विरोध रूपमा निर्वाचित बन्नुभएको छ । निर्वाचन मण्डलको संयोजकमा संस्थाका सल्लाहकार गणेशबहादुर खत्री रहनुभएको थियो ।
 

बैतडीः  आसन्न निर्वाचनलाई  मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...

थप पढ्नुहोस्

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्